Home / Nepal / थप ३ जना कोरोना संक्रमित, संक्रमितको संख्या २७६ पुग्यो

थप ३ जना कोरोना संक्रमित, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका ३ जना पुरुषमा कोरोना संकमण पुष्टि भएको हो ।

यसअघि आज बिहान मात्रै ६ जना नयाँ संक्रमित भेटिएका थिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *