Home / World News / पाकिस्तानको पंजाव प्रान्तमा हिन्दु दम्पतीमाथि आक्रमण

पाकिस्तानको पंजाव प्रान्तमा हिन्दु दम्पतीमाथि आक्रमण

इस्लामावाद, एजेन्सी । पाकिस्तानको पंजाव प्रान्तको एक विकट स्थानमा एक हिन्दु दम्पतीलाई आक्रमण गरी मरनासन्न हुनेगरी कुटपिट गरिएको घटना सार्वजनिक भएको छ ।

सो आक्रमणको कारण भने स्पष्ट भइसकेको छैन।

तर हिन्दु पृष्ठभुमिबाट आएका कारणले नै तिनीहरु माथि आक्रणम भएको हुनुपर्ने अनुमान गरिएको छ ।

गुलाब नामक ति पुरुषको अनुहारबाट रगत बगिरहेको तथा त्यसरी नै घाइते बनाइएकी र लुगाफाटो च्यातिएको अवस्थामा उनकी पत्नी र उनले आक्रमणकाबेला चिच्याउँदै मद्धतका लागि गुहारी रहेको भिडियो फुटेज अनलाइनमा भाइरल भएको छ ।

यो घटना पंजाव प्रान्तको रहिम यार खान क्षेत्रको विकट गाउँमा भएको बताइएको छ ।

नाम नखुलाइएकी उनकी पत्नीमाथि सार्र्वजनिक स्थलमा उक्त आक्रमणकारी समुहले यौन दुव्र्यवहार समेत गरेको छ ।

अनलाइनमा त्यस भिडियो फुटेजको शिर्षक ‘ हिन्दु समुदाय माथि फेरि अर्को हमला ’ राखिएको छ ।

११ मेमा ‘ अल्पमत पाकिस्तानको आवाज ’ नामक टिव्टर एकाउन्टमा यो भिडियो पोस्ट गरिएको हो ।

अर्को टिव्टर एकाउन्टमा ‘ हिन्दु परिवारका गुलाव र उनकी पत्नी माथि आक्रमण तथा वलात्कार भएको उल्लेख गरिएको छ ।

टिव्ट गर्नेहरुका अनुसार भुमि विवाद पछि हिन्दु भएकै आधारमा तिनीहरुलाई जवर्जस्ती आफ्नो घर वस्ती छाड्न दवाव दिइएको हो ।

यस सम्बन्धमा औपचारिक रुपमा पाकिस्तानी प्रहरी एवं संचार माध्यमले अझै सम्म कुनै टिप्पणी गरेका छैनन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *