पवन पौडेल
भेटेनरी बिद्यार्थी (BVSC& AH)
NPI, Bharatpur
गाईवस्तुमा आहाराको भुमिका :
नेपालमा गाईवस्तु मुख्यता दुध तथा दुग्धजन्य पदार्थको लागी पालिने हुँदा तिनीहरुको खुराकमा विशेष जोड दिन आवश्यक देखिन्छ ।
प्रयाप्त पोषणयुक्त आहाराको मद्दतले गाइबस्तु बाट प्रसस्त लाभ लिन सकिन्छ।
यसरी उपलब्ध गराइएको पोषणयुक्त खुराक विभिन्न कार्य जस्तै जिबन धान्न , बाच्न , दुध उत्पादन गर्न ,पाडा पाडी हुर्काउन आदिका लागी बरदान साबित हुने गर्दछ ।
विशेषगरी शारीरिक अबस्था, तौल तथा उत्पादन क्षमता अनुसार गाईवस्तुलाइ विभिन्न किसिमका खुराकको आवश्यकता पर्द्छ ।
माथी उल्लेखित विभिन्न कार्यका लागी गाईवस्तुलाइ निरन्तर रूपमा कार्बोहाड्रेट ,प्रोटिन ,चिल्लो पदार्थ ,खनिज ,भिटामिन ,पानी आदिको आवश्यक पर्द्छ ।
पशुको शरीरलाइ आवश्यक पर्ने पौष्टिक तत्वहरु पशुको अवस्था अनुसार सहि ढंगले मिसाइएको हुनुपर्द्छ । यसलाई अझ चार प्रकारले बाड्न सकिन्छ :
१. जिवन धान्न आवस्यक पर्ने रासन ( maintenance)
२. सन्तुलित आहारा ( Balance ration )
३. उत्पादन रासन ( Production ration )
४. अनुकरणीय रासन ( Ideal ration )
१. जिवन धान्न आवस्यक पर्ने रासन ( maintenance) : यो आहारा विशेषगरी कुनैपनि कार्य नगर्ने र उत्पादन अवस्थामा नरहेका गाइबस्तुलाइ मात्र जिवन धान्नको लागी दिइने गरिन्छ । यो आहाराले शरीरलाइ चाहिने न्यूनतम् पोषणतत्वको निरन्तर रूपमा प्रभाह गर्दछ ।
२. सन्तुलित आहारा ( Balance ration) : पशुहरुलाइ विभिन्न कार्य जस्तै बाच्न ,बड्न ,उत्पादन गर्न आधी कार्यका लागी दिइने सन्तुलित तत्वहरु मिसाइ बनाइएको आहारालाइ सन्तुलित आहारा भनिन्छ ।
३. उत्पादन रासन ( production ration) : यो रासन मुख्यगरि विभिन्न उत्पादन अवस्थाका पशु हरुलाइ तिनीहरुको उत्पादन क्षमताका आधारमा चाहिने पोषण तत्व हरु मिलाइदिने गरिन्छ ।
४.अनुकरणीय रासन ( Ideal rationa ) : गाइबस्तुको शरीरलाइ आवस्यक पर्ने तत्त्वहरुलाइ बैज्ञानिक ढंगले मिसाइ तिनीहरुलाइ चाहिने पोषण तत्त्व मिलाएर दिइने खाद्यतत्वलाइ ( ideal ration) भनिन्छ ।






