Home / World News / नाइट क्लब खुले पछी दक्षिण कोरियामा फेरि संक्रमण बढ्न थाल्यो

नाइट क्लब खुले पछी दक्षिण कोरियामा फेरि संक्रमण बढ्न थाल्यो

काठमाडौं । दक्षिण कोरियामा एउटै झुप्पाबाट विभिन्न स्थानमा छरिएका ९४ जना नयाँ संक्रमित फेला परेका छन्

नयाँ थपिने संक्रमित घट्दै गएपछि सामाजिक दूरीमा सहजता अपनाएको कोरियामा रात्रीजिवनसँग जोडिएको स्थानबाट भारी संख्यामा संक्रमित फेला परेका हुन् ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोरियामा यसै सातादेखि विद्यालय खोल्ने निर्णय गरिएको थियो । तर संक्रमितको संख्या बढेपछि विद्यालय सञ्चालनमा ढिलाइ हुने कोरियाली अधिकारीहरुले बताएका छन् ।

अधिकांश संक्रमित दक्षिण कोरियाली राजधानी सियोलका छन् । लकडाउनमा सहजता हुँदाहुँदै संक्रमितको सम्पर्कमा आउनेको खोजबीन कडाइपूर्बक लागू गरिएपछि दक्षिण कोरियामा संक्रमितको संख्या एकाइमा झरेको थियो ।


तर रात्रीकालीन सेवा दिने क्लबका आगन्तुकले गलत सम्पर्क नम्बर र ठेगाना टिपाउँदा त्यस्ता व्यक्तिको खोजीमा समेत कठिनाइ उत्पन्न भएको छ ।

जसले नयाँ संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । स्वास्थ्य अधिकारीहरुले भने नाम र ठेगाना उल्लेख नगरी परीक्षणको कार्य अगाडि बढाउने तयारी गरेका छन् ।


दक्षिण कोरियामा दश हजार ९३६ जना कोभिड–१९ का संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *