Home / Sports / युवराजलाई समाप्त पार्न धोनी र कोहलीले गरेका थिए विश्वासघात !

युवराजलाई समाप्त पार्न धोनी र कोहलीले गरेका थिए विश्वासघात !

एजेन्सी । पूर्व भारतीय क्रिकेटर युवराज सिंह राष्ट्रिय टिमबाट बाहिरिनुको मुख्य कारण पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई लाग्दै आएको छ । तर, पछिल्लो सयम उनका पिता योगराज सिंहले कप्तान विराट कोहलीलाई आरोप लागाएका छन् ।

योगराजले धोनी र कोहलीले युवराजलाई समर्थन नगरेको र पछाडिबाट लडाउन खोजेको भन्दै आरोप लगाएका छन् । यसअघि युवराजले पनि धोनी र कोहलीले आफूलाई अन्य खेलाडीले जस्तै समर्थन नगरेको बताएका थिए । 

छनोटकर्तासँगै धोनी र कोहलीले युवराजका लागि विश्वासघात गरेको योगराजले आरोपसमेत लगाएका छन् ।

तत्कालीन छनोटकर्ता शरणदीप सिंहले कैयौं बैठकमा युवराजलाई टोलीबाट निकाल्ने बताएको उनले बताए ।

क्रिकेटको बारेमा केही नबुझेकाहरू छनोटकर्ता बन्नाले युवराजको क्रिकेट करियर पतन भएको योगराजले आरोप लागाएका छन् । 

युवराजलाई सौरव गांगुलीको कप्तानीमा टोलीमा समर्थन मिलेको थियो । तर, धोनी र कोहलीकोतर्फबाट टोलीमा फर्काउन कुनै प्रयास नभएको उनले बताए ।

उनले टोलीका प्रशिक्षक रवि शास्त्रीसँगको भेटमा टोलीका दिग्गज खेलाडीलाई सम्मान जनक बिदाइ गर्नु पर्ने बताएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *