Home / Nepal / सीमा नाकाबाट उद्दार गरी नेपाल ल्याइएका एक वृद्ध नेपालीको मृत्यु

सीमा नाकाबाट उद्दार गरी नेपाल ल्याइएका एक वृद्ध नेपालीको मृत्यु

बैतडी । झुलाघाट सीमा नाकाबाट उद्दार गरी नेपाल ल्याइएका एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकालीका ६७ वर्षीय जुने लुहार रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान क्वारेन्टाइनमा लैजाँदै गरिएका उनको मृत्यु भएको हो ।

उपचारका लागि एक महिनाअघि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण उतै थुनिएका थिए ।

नाका खुलेपछि घर फर्किैएका उनको एक्कासी हिड्दा हिड्दै मृत्यु भएको प्रहरीले बतायो ।

मृतकको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको चिकित्सकले जनाएका छन् ।

उनीसँगै आएका अन्यलाई छुट्टै क्वारेन्टाइनमा राखिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *