टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले देशव्यापी आपतकाल बढ्नसक्ने संकेत गरेका छन् ।
उनले शुक्रबार देशव्यापी आपतकालको समयावधि ६ मेमा सकिने बताउँदै थप एक महिना आपतकाल बढाउन सकिने बताएका हुन् ।
थपिने आतपकालका विषयमा सोमबार निर्णय गरिने उनले बताए ।
उनले भने, “कोरोना संक्रमणको अवस्थामा कमी आए पनि स्थिति सामान्य भइनसक्ने भएकोले विशेषज्ञहरुको सल्लाह अनुसार सोमबार आपतकालका विषयमा थप निर्णय गरिनेछ ।”
साढे १२ करोडभन्दा बढी जनसंख्या भएको जापानमा हालसम्म १४ हजारभन्दा बढीलाई संक्रमण भएको छ भने ४३० जनाको मृत्यु भएको छ । -बीबीसी






