काठमाडौं । रुपन्देही र बाँकेमा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।
रुपन्देहीका २५ वर्षीय युवक र बाँकेका ६० वर्षीय वृद्धमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ ।







