Home / World News / अष्ट्रेलियामा छुरा आक्रमण गरी आतंक फैलाउने पुरुषलाई गोली हानी मारियो

अष्ट्रेलियामा छुरा आक्रमण गरी आतंक फैलाउने पुरुषलाई गोली हानी मारियो

सिडनी,(एजेन्सी) । पश्चिमी अष्ट्रेलियाको पिल्वारा क्षेत्रको एउटा सपिंग सेन्टरमा छुरा आक्रमण गरी आतंक फैलाउने एक पुरुषलाई प्रहरीले गोली हानी मारेको छ ।

साउथ हेडल्यान्ड स्क्वायर सेन्टरमा भएको यस घटनामा थुप्रै व्यक्ति घाइते भएका छन् । घाइते मध्ये दुईजनाको स्थिती चिन्ताजनक रहेको अस्पताल सुत्रले जनाएको छ ।

परिचय नखुलेका ति आक्रमणकारीले लामो ज्याकेट लगाका थिए । प्रहरीले स्थितीलाइ पूर्ण नियनत्रणमा लिएर सुरक्षा पुनस्र्र्थापित गरिएको बताएको छ ।

हमलाको कारण पनि खुलेको छैन । यस क्षेत्रमा खानी र उद्योगहरुमा काम गर्नेहरुको बाक्लो वसोवास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *