काठमाडौ । अभिनेता ऋषि कपूरको निधन भएको छ।
६७ वर्षीय अभिनेता खराब स्वास्थ्यको कारण गत रात एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना हुनु भएको थियो।
अभिनेता रजनीकान्तले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए.. ऋषि कपूर.. गए.. .मेरो प्यारो साथ, हार्दिक श्रद्धाञ्जली ।’
अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए ।






