Home / Nepal / News / थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ५७

थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ५७

काठमाडौं । बुधबार बारामा दुई र पर्सामा एक गरी तीनजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनीहरू तीनैजना भारतबाट आएको बताइएको छ ।

थप तीनजनामा कोरोना देखिएसँगै नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *