काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १० लाख नाघेको छ ।
हालसम्म अमेरिकामा १० लाख ३५ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिसकेको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख ३८ हजारभन्दा धेरै छ ।
हाल अमेरिकामा ८ लाख ३४ हजारभन्दा माथि कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १५ हजारको अवस्था गम्भीर रहेको छ ।
कोरोनाका कारण विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण २ लाख १७ हजार ७८४ को ज्यान गइसकेको छ ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ५९ हजार २४६ को ज्यान गएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकमा हाल ८ लाखभन्दा धेरै कोरोना संक्रमित रहे पनि यो संख्या चाँडै शून्यमा झार्ने बताएका बीबीसीले जनाएको छ ।
यद्यपि अझै पनि अमेरिकामा दैनिक ठूलो संख्यामा कोरोना संक्रमितको संख्या थपिने क्रम जारी छ ।






