Home / Nepal / घरमै वस्ने सर्तमा ल्याईएका दुई युवती गाउँ डुल्नथालेपछि प्रहरी नियन्त्रणमा

घरमै वस्ने सर्तमा ल्याईएका दुई युवती गाउँ डुल्नथालेपछि प्रहरी नियन्त्रणमा

खोटाङ । होम क्वारेन्टाइनमा वस्ने सर्तमा गाउँ ल्याईएका खोटाङका दुई युवती गाउँ निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आचारसंहिता पालना गर्दै १४ दिनसम्म होम क्वारेण्टाईनमा वस्ने कवुलियतीनामा गराई काठमाण्डौंवाट नगरपालिका भित्र्याईएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १७ र २१ वर्षीया युवतीलाई शनिबार नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएको दुवै जनालाई हलेसी तुवाचुङ नगरपालिका–८ स्थित दलित जनजागरण आधारभूत विद्यालय धितुङको क्वारेण्टाईनमा राखिएको मेयर ईवन राईले वताउनुभयो ।

लकडाउनका कारण काठमाडौंमा भोकै वस्नुपरेको भन्दै नगरवासीले घर फर्काउन अनुरोध गरेका थिए ।

नगरपालिकाले विहिवार र शुक्रवार १३ वटा वसमार्फत १ हजार ३ सय ७९ जना नगरवासीलाई भित्र्याएका थिए । त्यही समयमा आएका सवै सर्वसाधारणलाई घरमै बस्ने कवुलियतीनामा पत्रमा सही गरेर ल्याइएको भए पनि हिडडुल गरिरहेको सूचनाका आधारमा दुई युवतीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी चौकी हलेसीका प्रहरी निरीक्षक दिनेश प्रसाद खरेलले जानकारी दिनुभयो ।

नगरपालिकाकै खर्चमा गाउँ फर्काईएका सर्वसाधारणले १० बुँदे कबुलियतनामामा सही गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *