Home / Nepal / News / झापाका ६२ वर्षीय वृद्ध कोरोना पुष्टि , संक्रमितको संख्या ४९ पुग्यो

झापाका ६२ वर्षीय वृद्ध कोरोना पुष्टि , संक्रमितको संख्या ४९ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज फेरि एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा झापाका ६२ वर्षीय वृद्ध रहेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

हालको अध्यावधिक विवरण अनुसार कोभिड- १९ पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *