काठमाडौं : अवैध लागूऔषध पोल्याण्डसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं कुलेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका, ७ का २२ वर्षीय राजेन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई कलंकीबाट तीन केजी अवैध लागूऔषध पोल्याण्डसहित प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा राजेन्द्रलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।






