Home / Nepal / News / काठमाडौंको मातृका आँखा अस्पतालमा ‘नक्कली बम’ राख्ने तीनजना पक्राउ

काठमाडौंको मातृका आँखा अस्पतालमा ‘नक्कली बम’ राख्ने तीनजना पक्राउ

काठमाडौं : काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा गएको शुक्रबार ‘नक्कली बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले तीनजनालाई पक्राउ गरेको हो। उनीहरूले अस्पताल सञ्चालकसँग फिरौती माग्नका लागि शंकास्पद वस्तु राखेको खुलेको छ।

आँखा अस्पतालको तेस्रो तलामा रहेको शौचालयमा नक्कली बम राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *