Home / Nepal / News / दाङमा बाढीले स्करपियो बगाउँदा दुईको मृत्यु, दुई जना बेपत्ता

दाङमा बाढीले स्करपियो बगाउँदा दुईको मृत्यु, दुई जना बेपत्ता

दाङ : दाङमा बाढीले स्करपियो बगाउँदा दुई जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएक छन्।

घोराही-लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको हो। अन्य दुई महिलालाई बाढीले बेपत्ता बनाएको छ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ। रुपैडियामा किनमेल गरेर फर्कंदै गर्दा स्करपियो बाढीले बगाएको थियो। प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको स्करपियो बाढीले गएराति ११ वजे बगाएको थियो।

घोराही १३ का ३२ वर्षीया सुशिला श्रेष्ठ र घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुवरको शव फेला गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरी हुन्।

घटनामा घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको छ। दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ।

चालक घोराही १५ का ४० वर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *