Home / Sports / नेपाल ओलम्पिक संग्राहलयमा प्रथम अन्तर्राष्ट्रिय धावक स्वर्गीय जोशीको प्रतिमा अनावरण

नेपाल ओलम्पिक संग्राहलयमा प्रथम अन्तर्राष्ट्रिय धावक स्वर्गीय जोशीको प्रतिमा अनावरण

काठमाडौं : नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक स्वर्गीय गजराज जोशीको प्रतिमा नेपाल ओलम्पिक संग्राहलयमा मंगलबार अनावरण गरिएको छ। प्रथम एसियाली खेलकुदमा जोशीले १९५१ मा नयाँ दिल्लीमा सम्पन्न नेपालको प्रतिनिधित्व गरेका थिए।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार नेपाल ओलम्पिक कमिटीको मुख्यालयमा रहेको संग्राहलयमा स्वर्गीय गजराज जोशीको प्रतिमा अनावरण गरेका हुन्। श्रेष्ठले स्वर्गीय जोशीको योगदानबाट नयाँ पुस्तालाई प्रेरणा मिल्ने बताए।

ओलम्पिक संग्राहलयमा खेल क्षेत्रको विकासमा योगदान गर्ने खेलकर्मीहरूको प्रतिमा स्थापना गर्ने प्रचलन छ। नेपाल ओलम्पिक संग्राहलयका अध्यक्ष क्षितिज अरूण श्रेष्ठले जोशीले खेलकुदमा गरेको योगदानको कदरस्वरूप प्रतिमा स्थापना गरिएको बताए।

जोशीका छोरा मनिष जोशीलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो । एथलेटिक्सका भेट्रान मनिष नेपाल फुटभली संघका अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *