काठमाडौं : एभरेस्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको विजेताले ५० लाख प्राप्त गर्ने भएको छ।
ईपीएलको अघिल्लो संस्करणको विजेताले २५ लाख र उपविजेताले १० लाख प्राप्त गरेको थियो। आयोजक ईपीएल क्रिकेटले मंगलबार विजेताले ५० लाख प्राप्त गर्ने जनाएको छ। यस्तै, उपविजेताले १५ लाख पाउने जनाएको छ।
ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियू क्रिकेट मैदानमा हुँदैछ। यो सिजनको ईपीएलमा विश्व स्तरीय खेलाडीहरू खेल्ने पक्का भएको छ।
वेस्ट इन्डिजका कार्लाेस ब्रेथवेट, पाकिस्तानका साहिद अफ्रिदी, श्रीलंकाका सेकुगे प्रसन्न, मलेसियाका वीरनद्धिप सिंह लगायतले खेल्ने पक्का भएको छ।
प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।






