Home / Nepal / News / डा. केसीसँगका पछिल्ला सम्झौता कार्यान्वयन गर्न समिति गठन

डा. केसीसँगका पछिल्ला सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं : सरकार र डा. गोविन्द केसीबीच भएका पछिल्ला सम्झौता कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समिति गठन गरिएको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण श्रेष्ठको नेतृत्वमा सम्झौता कार्यान्वयन अध्ययन समिति गठन गरेका हुन्। सो समितिमा मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइराला र शिक्षा, कानुन तथा स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य तोकिएको छ ।

त्यसैगरी, कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका लागि योजना आयोगका पूर्वसदस्य चेतराज पन्तको संयोजकत्वमा ११ सदस्य सुझाव समिति गठन गरिएको छ । सुझाव समितिमा डा. शेखरबाबु रिजाल, डा. जीवन क्षेत्री, डा. दिलीप शर्मा, डा. मुकुन्द जोशी, डा. हरि लम्साल, डा. प्रमोद जोशी, डा. हेमराज पनेरु, डा. पदमबहादुर चन्द र डा. सुदेश कायस्थ सदस्य रहेका छन् । सो समितिको सदस्य सचिवको जिम्मेवारी गुणस्तर मापन महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई दिइएको छ।

अस्पतालको सेवा सञ्चालन गर्दै कोभिड र ननकोभिड सेवा प्रभावकारी बनाउन भन्दै प्रमुख विशेषज्ञ डा. श्रेष्ठकै नेतृत्वमा १५ सदस्य अर्को समिति गठन गरिएको पनि मन्त्रालयले जनाएको छ ।

सो समितिमा डा. जनक कोइराला, डा. अनुप सुवेदी, डा. अनुप बास्तोला, डा. विराज कर्माचार्य, डा. शेरबहादुर पुन, डा. मेघनाथ धिमाल, डा. सुमित अग्रवाल, डा. विश्वकुमार श्रेष्ठ, डा. आशिष श्रेष्ठ, डा. अशेष ढुंगाना, डा. अनिल पोखरेल, डा. रेखा मानन्धर सदस्य छन् । समितिमा नेपाल चिकित्सक संघ र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *