Home / Nepal / News / वीरगन्जको सर्वोत्तम स्टिल उद्योगमा मा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जना घाइते

वीरगन्जको सर्वोत्तम स्टिल उद्योगमा मा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जना घाइते

काठमाडौं : वीरगन्जको सर्वोत्तम स्टिलमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जना घाइते भएका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित जगन्नाथपुरमा निर्माणकै क्रममा रहेको स्टिल उद्योगमा फलाम तताउनका लागि प्रयोग गरिने भट्टीको ग्यास सिलिन्डर विस्फोट हुँदा १२ कामदार घाइते भएका छन्।

पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालका अनुसार विस्फोटबाट ६ जना गम्भीर घाइते भएका छन्। अन्यको अवस्था भने सामान्य छ। गम्भीर घाइते भएकाहरूको विरगन्जस्थित बयोदा अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । बाँकी ६ जनालाई भारतको पटना लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *