Home / Nepal / News / आज देशका केही स्थानमा ‘धेरै भारी’ वर्षा हुने

आज देशका केही स्थानमा ‘धेरै भारी’ वर्षा हुने

काठमाडौं : देशभरको मौसम अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा ‘धेरै भारी’ वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *