सर्लाही : सर्लाहीमको मलंगवा नगरपालिका–११, ठूलोपल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई एकथान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित पक्राउ गरेको हो ।
अन्सारी र उनकै दाजुबीच झै–झगडा भएको भन्ने खबर पाएपछि अस्थायी प्रहरी पोस्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट टोली खटिएको थियो। प्रहरीले सम्झाइबुझाइ गर्ने क्रममा समसुद्दिनले कम्मरमा भिरेको गोली ‘लोड’ भएको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






