काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिकामा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ।
झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन्।
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले तालाबन्दी गरेको थियो। प्रहरीले ताला खोलेपछि झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जानकारी दिए। अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको छ ।






