Home / Nepal / कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख ठगी गर्ने एकजना पक्राउ

कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख ठगी गर्ने एकजना पक्राउ

काठमाडौं : कम्बोडिया पठाइदिन्छु भनेर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका १ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तान रहेका छ्न।

प्रहरीका अनुसार विचारमान मोक्तान र अन्य व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा ६ जना व्यक्तिबाट ३९ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।

थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *