Home / Nepal / News / केदार वशिष्ठको ‘नेपाल विद्या’ पुरस्कृत

केदार वशिष्ठको ‘नेपाल विद्या’ पुरस्कृत

काठमाडौं : नेपाली साहित्यका बरिस्ठ स्रष्टा केदार वशिष्ठलाई ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ प्रदान गरिएको छ।

५० हजार राशिको उक्त पुरस्कार वशिष्ठको पहिलो पुस्तक ‘नेपाल विद्या’ का लागि कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठाका उपकुलपति जगमान गुरुङले प्रदान गरे।

उपकुलपति गुरुङले कुनै व्यक्ति र संस्थाले गर्न नसकेको काम स्रष्टा वाशिष्ठले गरेको उल्लेख गर्दै ‘नेपाल विद्या’जस्तो पुस्तक तयार गर्नु साहसिक काम भएको उल्लेख गरे।

सो पुरस्कारका लागि २७ पुस्तकहरू प्राप्त भएकोमा १५ जना निर्णायकहरूले पहिलो नौ पुस्तक छान्दै लेखक वशिष्ठको ‘नेपाल विद्या’लाई पुरस्कारका लागि चयन गरेका थिए। पुरस्कृत कृति केदार वाशिष्ठको नेपाली भाषा, लिपि, संस्कृति र संस्कार सम्बन्धी अनुसन्धानात्मक कृति हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *