काठमाडौं : दुबईले नेपाल वायुसेवा निगमलाई आफ्नो देशमा उडानको अनुमति दएको छ।
दुबई नागरिक उड्डयन प्राधिकरणले पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा निगमलाई उडान गर्न अनुमति दिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार नेपालमै पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा उडान अनुमति दिइएको हो। अब निगमले साताको दुईवटा उडान भर्न पाउनेछ।





