Home / Nepal / News / कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थपियो

कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थपियो

मान्म : कोभिड -१९ का कारण कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि आउँदो भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए।

निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन। कोरोना महामारीको दोस्रो लहरसँगै लागु गरिएको निषेधाज्ञा पटक–पटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *