Home / Nepal / News / २५ जना महिलालाई नेपालबाट कुवेत पठाइदिने भन्दै श्रीलंका पुर्‍याएर बेचबिखन गर्ने सावित्री जेल चलान

२५ जना महिलालाई नेपालबाट कुवेत पठाइदिने भन्दै श्रीलंका पुर्‍याएर बेचबिखन गर्ने सावित्री जेल चलान

काठमाडौं : २५ जना महिलालाई नेपालबाट श्रीलंका पुर्‍याएर बेचबिखन गरेको आरोपमा असार २२ गते पक्राउ परेकी महिलालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

पीडितको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोले प्रतिवादी सावित्री देवी मलाहलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। उनलाई काठमाडौं जिल्ला अदालतले पुपक्र्षका लागि कारागार चलान गरेको हो।

मलाहले ‘कुवेतमा मासिक तलब ११० कुवेती दिनार (नेपाली ३५ हजार रुपैयाँ) कमाइ हुन्छ’ भन्दै ठगी गरेको पाइएको थियो। ब्युरोका अनुसार उनले एक महिलालाई ०७६ साल फागुन ९ गते काठमाडौंबाट सप्तरीको राजबिराजमा लगी त्यहाँबाट हनुमाननगर हुँदै नेपाल–भारतको नाका कुनौली सम्म पुर्‍याइ कुनौलीबाट गाडी चढाइ भारतको नयाँदिल्लीस्थित गणेश राईले लिई राखेको अपार्टमेन्टमा पुर्‍याएको खुलेको छ।

भारत पुगेपछि १२ दिनसम्म बन्धक बनाई एयरपोर्टमा सोध्यो भने श्रीलंकामा सिता माताको दर्शन गर्न जान लागेको भनी सिकाइ भारतको नयाँदिल्लीबाट मुम्बई हुदै श्रीलंका पठाई श्रीलंकाको कोलोम्बोस्थित निलपनागोडामा बन्धक बनाएर राखेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ।

श्रीलंका पुगेपछि त्यहाँको प्रहरीले पक्राउ गरी १३ महिनासम्म कारागारमा राखेको अवस्थामा सरकारको पहलमा जाहेरवाली परिवर्तित नाम बबरमहल ७९ समेत अन्य २५ जना महिलाहरूको गत असार १० गते उद्धार भएको ब्युराले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *