Home / Nepal / News / मानव बेचबिखनमा संलग्न दुईजना पक्राउ

मानव बेचबिखनमा संलग्न दुईजना पक्राउ

काठमाडौं : पोखरा महानगरपालिका–१२ अमरसिंह चोकस्थित एसके खाजाघरका सञ्चालक मानव बेचबिखन संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी घर भएका ३२ वर्षीय रोशन गुरुङ र पोखरा महानगरपालिका–१२ अमरसिंहचोक बस्ने सोही महानगरपालिका–१० घर भएकी ५३ वर्षीया सोनाम गुरुङ रहेका छ्न।

राम्रो काममा लगाईदिन्छु भन्दै महिलाहरुलाई डरत्रास देखाई पैसाको मोलमोलाई समेत गरी यौनशोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। साथै उक्त खाजाघरबाट पीडित महिलाहरुलाई मनोपरामर्श गरी प्रहरीले आफन्तको जिम्मा लगाएको छ।

उनीहरु उपर मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *