Home / Nepal / कोरोना संक्रमित गर्भवती महिलाले अपनाउनुपर्ने सतर्कता

कोरोना संक्रमित गर्भवती महिलाले अपनाउनुपर्ने सतर्कता

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित गर्भवती महिला अपनाउनुपर्ने सतर्कता बारेमा विभिन्न सुझाव दिएको छ।

कोरोना संक्रमित गर्भवती महिला एउटा छुट्टै कोठा र शौचालय भएको स्थानमा बस्नुपर्ने, घरपरिवारका अरु सदस्यहरुसित घुलमिल गर्न नहुने, गर्भवती महिलाले आफ्नो ज्वरो बेला–बेलामा नाप्नुपर्ने मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।

यस्तै, आफ्नो शरीरमा अक्सिजनको मात्रा अक्सिमिटरको सहायताले अनुगमन गर्ने गर्नुपर्छ। कुनै पनि बेला ज्वरो आएमा सिटामोल खान, अरु कुनै समस्या आएमा स्वास्थ्यकर्मीसित सम्पर्क गर्न आग्रह गरिएको छ।

अत्यधिक ज्वरो आउने, सास लिन गाह्रो हुने र अक्सिजनको लेभल कम हुने भएमा तुरुन्त स्वास्थ्य संस्थामा जान सुझाव दिइएको छ। पेट दुख्ने, बच्चा कम चल्ने, रक्तश्राव, सेतो पानी बग्नेजस्ता अवस्थामा स्वास्थ्य संस्थामा नै जान भनिएको छ ।

गर्भवती महिलाको पोषणमा विशेष ध्यान दिनुपर्ने, भोजनमा अन्न, फलफूल, तरकारी, माछामासु, अन्डा, दूधका परिकारहरु हुनुपर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *