काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा नेता रावलको राजीनामा लाइ लिएर दिनु भएको अभिव्यक्तिप्रति नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आपत्ति जनाउनुभएको छ ।
प्रचण्डले शनीवार एक कार्यक्रममा रावलको राजीनामा पाँच दलको गठबन्धन फुटाउने खेल’ भन्दै टिप्पणी गर्नु भएको थियो । अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिप्रति नेता रावलले आपत्ति जनाउनुभएको हो ।
रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको बताउनुभएको छ । शनिबारै राति सामाजिक सञ्जालमार्फत रावलले प्रचण्डको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्ते’ भन्नुभएको छ ।
उहाँले भन्नुभएकाे छ- ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले)लाई ढाल्ने षड्यन्त्रकाविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ।
एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?’ भन्दै प्रती प्रस्न गर्नु भयो






