काठमाडौँ- कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी भएको बताइएको छ ।
यसबारे निर्णय लिन आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बैठक बस्दै छन् । संक्रमण फेरि बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।
काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिंदै आएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।






