काठमाडौं : नेपाल प्रहरीका अधिकारीको फोटो दुरुपयोग गरी क्लबहाउसमा अकाउन्ट बनाएको अभियोगमा भक्तपुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ रहेका छन् ।
क्लब हाउसमा सोसियल र खुला रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा उनलाई साइबर ब्युरोले पक्राउ गरेको हो ।
पछिल्लो समय नेपालमा क्लबहाउसका प्रयोगकर्ता संख्या बढे सङै विकृति पनि मौलाएको छ । फेक आईडी बनाएर गलत सूचना प्रवाह हुन थालेपछि प्रहरीले नजर बढाएको छ ।
श्रेष्ठविरुद्ध सात दिन म्याद थप गरेर अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।






