Home / Nepal / संखुवासभामा टिपर भिरबाट अरुण नदीमा खस्यो १ को मृत्यु १ घाइते

संखुवासभामा टिपर भिरबाट अरुण नदीमा खस्यो १ को मृत्यु १ घाइते

अरुण तेस्रो जलविद्युत् आयोजनामा सामान ढुवानी गर्ने टिपर दुर्घटना हुँदा २२ वर्षीय पुरुषको ज्यान गएको छ ।

पाथीभरा कन्स्ट्रक्सनद्वारा सञ्चालनमा रहेको बा .५ ख १४० नम्बरको टिपर बुधबार बेलुका ९ बजे तिर ढुंगा अनलोड गर्ने क्रममा पछाडि सार्दा
भीरबाट ३०० मिटर तल अरुण नदीमा खसेको थियो ।

दुर्घटनामा टिपरमा सवार धनकुटाका २२ वर्षीय दिपेश भट्टराईको मृत्यु भएको छ भने टिपर चालक काभ्रेपलाञ्चोक भकुण्डेबेसीका २० वर्षीय नवराज श्रेष्ठ घाइते छन् ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी बेस पुखुवा दोभानबाट खटिएको प्रहरीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल खाँदबारीतर्फ पठाएको थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *