Home / Nepal / News / कोभिड-19 विरुद्धको खोपका लागि अनलाइन फारम भरेकाहरूको पालो तत्काल नआउने

कोभिड-19 विरुद्धको खोपका लागि अनलाइन फारम भरेकाहरूको पालो तत्काल नआउने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लिन अनलाइन फारम भरेकाहरूको खोप लिने पालो तत्काल नआउने जनाएको छ।

खोप लिनका लागि अनलाइन फारम भर्नेहरूलाई तत्काल खोप दिन सम्भव नभएको र क्रमशः प्राथमिकता छुट्याएर खोप दिइने मन्त्रालयले जनाएको छ।

नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले सरकारलाई खोप प्राथमिकता छुट्याउन सहज होस् र खोप केन्द्रमा धेरै समय नलागोस् भन्ने हिसाबले अनलाइन फारम भर्न अनुरोध गरिएपनि भर्नेहरूको पालो भने तत्काल नआउने बताए।

नेपालमा हालसम्म २१ लाख १३ हजार ८० जनाले पहिलो डोज र ६ लाख ९१ हजार १८४ जनाले दुवै डोज खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *