Home / Nepal / News / १,४५१आईसीयूमा र भेन्टिलेटरमा ३८४ कोरोना संक्रमित उपचाररत

१,४५१आईसीयूमा र भेन्टिलेटरमा ३८४ कोरोना संक्रमित उपचाररत

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा ३८४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। अहिले १ हजार ४५१ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ।

प्रदेश १ मा ५२, प्रदेश २ मा २३, वाग्मती प्रदेशमा सबैभन्दा धेरै २४३ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। गण्डकीमा २८, लुम्बिनीमा २३, कर्णालीमा ६ र सुदूरपश्चिममा ९ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ७५५ कोरोना संक्रमितले उपचार गराइरहेका छन्। प्रदेश १ मा २१३, प्रदेश २ मा १०७, गण्डकी प्रदेशमा १३८, लुम्बिनीमा १५६, कर्णालीमा ५० र सुदूरपश्चिम प्रदेशमा ३२ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार भेन्टिलेटर र आईसीयूमा उपचार गराउने संक्रमितको संख्या अघिल्लो केही साताको तुलनामाकेही घट्दै गएको छ।

हाल संस्थागत आसोलेसनमा ६ हजार ६६० संक्रमित छन्। सरकारले अस्पताल जानै पर्ने अवस्थाका संक्रमितमात्रै स्वास्थ्य संस्था जान भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *