Home / Nepal / News / हात्तीको आक्रमणबाट दुईको मृत्यु

हात्तीको आक्रमणबाट दुईको मृत्यु

काठमाडौं : बर्दियामा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ। गेरुवा गाउँपालिका–१ सरखोल, खचकपुर बस्ने ३७ वर्षीया चन्द्रा विक र उनकी छोरी तीन वर्षीया दिपीकाको मृत्यु भएको हो।

सोमबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुईवटा जंगली हात्ती आई उनीहरुलाई आक्रमण गरेको थियो। चन्द्राको घटनास्थलमै मृत्यु भएको थियो।

गम्भीर घाइते दिपीकालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगिएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *