मोरङको सुनबर्षी नगरपालिका -३ भेलाईस्थित बाटो छेउको नालीमा
एक पुरुषको शव फेला परेको छ।
संखुवासभा मादीमुलखर्क -२ घर भएका ६० वर्षीय वीर बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






