काठमाण्डाै – लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ८ बजेर २६ मिनेटमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलाेजिस्ट लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
बिहान पाँच बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको थियाे । भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको थियाे । परकम्पनकाे धक्का पनि काठमाण्डाैसम्म महसुस गरिएकाे छ ।






