Home / Society / प्रधानमन्त्री ओली र नेता नेपाल बिच आज भेट बार्ता

प्रधानमन्त्री ओली र नेता नेपाल बिच आज भेट बार्ता

काठमाडौँ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ।

आइतबार दिउँसो १ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता तय भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

आज हुने भेटवार्ताले कार्यदल टुंगो लगाउने उनले जानकारी दिए। “आज उहाँहरू भेट्दै हुनुहन्छ। सम्भवतः कार्यदल टुंग्याउनुहुन्छ,” उनले भने।

शुक्रबार दुवै पक्षको छलफलले शनिबार नै कार्यदल बनाउने निष्कर्ष निकालेको थियो। तर, शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि उपस्थित भएपछि खनाल–नेपाल समूह सशंकित बनेको थियो।

खनाल–नेपाल समूहले एमाले विवाद मिलाउने कार्यदलमा बादल राख्न नहुने बताउँदै आएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *