आफ्नै छोरीलाइ बलत्कार गरेको आरोपमा कपिलवस्तुको बुद्धभूमिका ४० वर्षीय पुरुष पक्राउ परेका छन।
ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गे का अनुसार पिडित छोरीले दिएको उजुरिका आधारमा उनलाइ पक्राउ गरीएको हो।
केही महिना अघी आँफुलाइ पटक पटक बलत्कार गरेको आरोप पिडित छोरीले लगाएकी छिन।
घटनाको बारेमा अनुसन्धान सुरु गरीएको इलाका प्रहरी कार्यलय गोरुसिङ्गेका इन्सपेक्टर लिलाराज आचार्यले न्युजडोकोलाइ बताउनु भएको छ।






