काठमाडौं : जसपा का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अडानमा कायम रहेको बताएका छन्।
आज बसेको जसपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले प्रतिगमनकारी र लोकतन्त्रविरोधी शक्तिहरुसँग सहकार्य हुन नसक्ने बताए।
“प्रतिगमनकारी शक्तिसँग, लोकतन्त्रविरोधी, संघीयताविरोधी शक्तिसँग कुनै किसिमको राजनीतिक सहयात्रा, सहकार्य हुन सक्दैन,” उनले भने।
संघीयता र लोकतन्त्र पक्षधरहरुसँग सहकार्य गरेर अघि बढ्ने पक्षमा पार्टी रहेको उनले बताए।






