Home / Politics / सांसदहरुलाई खबरदारी : मुखमा पट्टी, हात-खुट्टामा साङ्लि

सांसदहरुलाई खबरदारी : मुखमा पट्टी, हात-खुट्टामा साङ्लि

काठमाडौं : नागरिक अगुवाहरुले सांसदहरुलाई खबरदारी गरेका छन्। सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको ब्यानरमा आइतबार माइतीघर मण्डलदेखि बानेश्वरसम्म नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागीहरुले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छलगायत लेखिएका प्लेकार्डहरु बोकेका थिए। यस्तै सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजी गरिएको थियो।

प्रदर्शनकारीहरुले मुखमा पट्टी, हात-खुट्टामा सिक्रीले बाँधेर प्रदर्शन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *