काठमाडौं : नेकपा दाहाल–नेपाल समूहले संसदीय दलले गरेको निर्णय संसदीय दलले दर्ता गरेको छ।
फागुन २१ गतेकाे दाहाल-नेपाल पक्षकाे संसदीय दलकाे बैठकले दाहाललाई दलकाे नेता चयन गरेको थियाे। आइतबार पनि दलकाे बैठकपछि दाहाल-नेपाल पक्ष महासचिवकहाँ निवेदन लिएर गएका थिए।
निर्णयका बारेमा जानकारी औपचारिकरुपमा गराउन संसद् सचिवालयका महासचिव भरत गौतमले निवेदन बुझेपनि दर्ता गर्न भने मानेका थिएनन्।
लामो समयदेखि नेकपाका शीर्ष नेता र महासचिवसहित संसद् सचिवालयका कर्मचारीको गलफती भएपछि अन्ततः दाहाल–नेपालको निर्णय दर्ता भएको हो।





