काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै मञ्चमा देखिँदै छन्। सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीनबुँदे सहमति बमोजिम ओली र चन्दले आजै संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दैछन्।
दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनका लागि राति नै आउने तयारी गरेका विप्लव अहिले बिहान काठमाडौं आउँदै गरेको एक नेताले जानकारी दिए। “सरकारले पठाउने भनेको हेलिकोप्टर अस्वीकार गर्नुभयो,” ती केन्द्रीय सदस्यले भने, “राति आउने कुरा थियो तर आउन सक्नुभएन। अहिले बिहान नवलपुरको देवचुलीमा रहेको सहिद परिवारलाई भेटेर काठमाडौं आउँदै हुनुहुन्छ।”
विप्लवले बिहान सहिद परिवारलाई भेटेर काठमाडौंतर्फ प्रस्थान गरेको ती नेताले जानकारी दिए।






