Home / Nepal / News / स्यानिटाइजर सेवन गर्दा मोरङमा दुईजनाको मृत्यु

स्यानिटाइजर सेवन गर्दा मोरङमा दुईजनाको मृत्यु

विराटनगर : हातमा दल्ने किटाणु नष्ट गर्न प्रयोग गरिने स्यानिटाइजर सेवन गर्दा मोरङमा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका ४ घर भई विराटनगर महानगरपालिका १७ रघुपति जुटमिलको क्वार्टरमा बस्ने ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका ४ का ६० वर्षीय दिनेश मण्डल छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्का अनुसार गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा स्यानिटाइजर सेवन गरेको खुल्न आएको छ। मदिराको नशामा लठ्ठ भएकै बेला गिरीले शनिबार राति ११ बजे आधा लिटर स्यानिटाइजर पिएकी थिइन्। स्यानिटाइजर सेवन गर्दा सिकिस्त भएका उनीहरुको उपचारका क्रममा विराटनगरस्थित अस्पतालमा मृत्यु भएको हो।

मण्डलले पनि शनिबार राति १० बजेतिर स्यानिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुको कोसी अस्पताल उपचारका क्रममा मृत्यु भएको बताइएको छ । स्यानिटाइजरमा पनि विषादी हुने भएकाले सेवन गर्दा ज्यान जाने कोसी अस्पतालका मेसु चुमनलाल दासले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *