Home / Nepal / News / नायक पल शाहमाथि धरान प्रहरीमा उजुरी

नायक पल शाहमाथि धरान प्रहरीमा उजुरी

विराटनगर : नेपाली सिनेमाका नायक पल शाहको म्युजिक भिडियोका क्रममा उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार सुनसरीको धरानमा बुधबार राति विवाद र हात हालाहाल भएको घटनाको सम्बन्धमा बिहीबार प्रहरीमा उजुरी परेको छ।

सोही घटनाको सम्बन्धमा प्रहरीले शुक्रबार दुबै पक्षलाई छलफल गर्न प्रहरी कार्यालय बोलाएको छ। यस विषयमा प्रहरीले आज दिउँसो १ बजे छलफल गराउने उनले बताए।
शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले अर्का कलाकार अरुण प्रधानलाई दुव्र्यवहार र हातपात गरेको आरोपमा नायक शाह र जोशीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो।

प्रधानले शाहको म्युजिक भिडियोको निर्देशक आफ्नो साथी भएकोले छाँयाकनको लागि सबै सहयोग गरेको दाबी गरेका छन् । “सामान्य कुरालाई लिएर युवा जम्मा गरेर ममाथि दुव्र्यवहार भयो,” उनले भने ।

धरान १० मा अवस्थित ज्वाईं खाना घरमा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले निमन्त्रणा गरेको तर शाहले आउन नमानेपछि फेसबुकमा राखेको स्टाटसबाट हटाउनेभन्दा विवाद परेको बताइएको छ। प्रधानले स्टाटस डिलिट गर्ने जानकारी गराए पनि त्यही विषयमा विवाद गरी शाहका सेक्रेटरीले आफूलाई मुक्का प्रहार गरेको प्रधानको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *