Home / Nepal / News / नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा बैठक सम्पन्न

नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा बैठक सम्पन्न

बैतडी : नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो। बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको छ।

उनका अनुसार सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण, सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्नेलगायतका विषयमा सहमति भएको छ।

नेपालका तर्फबाट बैतडीका प्रनाउ अधिकारी, सशस्त्र प्रहरीका बैतडी प्रमुख गणेश शाह, भन्सार कार्यालयका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका भाइस कमाण्डर आर के राजेश्वरी, भारतीय प्रहरीका प्रतिनिधि तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *