Home / Politics / ओली समूहको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

ओली समूहको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित भएको छ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आज स्थायी कमिटी बैठक बोलाइएको थियो। केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए। यसअघि बुधबार बसेको बैठकले सर्वोच्चको फैसलाअनुसार नै संसद् बैठक बोलाउन स्थायी कमिटी सदस्यहरुले सुझाव दिएका थिए।

आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको ज्ञवालीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *